Section 17
कुनै इलाकालाई सुरक्षित स्थान भनी नेपाल सरकारले सूचना गर्ने अधिकार :

(१) पुरातात्विक वस्तुहरूको अनुसन्धानको हितका लागि सो वस्तुहरू खोज्ने खोदाई गर्ने काममा नियन्त्रण गर्न वा प्रतिवन्ध लगाउनु पर्छ भन्ने नेपाल सरकारलाई लागेमा नेपाल सरकारले चार किल्ला तोकी कुनै इलाकालाई सुरक्षित स्थान भनी सूचना जारी गर्न सक्तछ ।

(२) उपदफा (१) बमोजिम कुनै इलाकालाई सुरक्षित स्थान भनी सूचना जारी गरेपछि नेपाल सरकारले त्यस स्थानका जग्गाधनी वा जग्गावालासँग खनाई खोदाईका निमित्त जो चाहिने बन्दोबस्त मिलाई पर्ने घर जग्गाको मनासिव माफिकको क्षतिपूर्ति गर्ने छ । त्यसपछि मुख्य पुरातत्व अधिकृत वा निजले खटाएको व्यक्ति गई खनाई खोदाईको काम गर्ने गराउने छन् र सो स्थानमा खोज्दा खन्दा पाएका सबै वस्तुहरू नेपाल सरकारको हुनेछ ।

(३) उपदफा (२) मा लेखिएबमोजिम सुरक्षित स्थानमा गरिने काम कारवाईमा कसैले बाधा पुर्याएमा नेपाल सरकारलाई हर्जाना तिर्नु पर्नेछ र रू. ५००।– सम्म जरिवानाको पनि भागी हुनेछ ।